ताजा अपडेटः

अन्तर्राष्ट्रिय अङ्ग्रेजी स्क्राबल प्रतियोगितामा भाग लिन सुनवलवाट महेश पंगेनी (मिसन) आज बंगलादेश प्रस्थान

अन्तर्राष्ट्रिय अङ्ग्रेजी स्क्राबल प्रतियोगितामा भाग लिन सुनवलवाट महेश पंगेनी (मिसन) आज बंगलादेश प्रस्थान प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार १९:१७

 

कल्पना खरेल,सुनवल । यहि फागुन ४ गतेदेखि ७ सम्म बंगलादेशमा हुने अन्तराष्ट्रीय अंग्रेजी स्क्राबल प्रतियोगितामा भागलिन पश्चिम नवलपरासीको सुनवलवाट महेश पंगेनी (मिसन) आज बंगलादेश तर्फ प्रस्तान गरेका छन् ।

१४ वर्षीय पंगेनीलाई आज सुनवल नगरका कार्यबहाक नगर प्रमुख सूर्य दुबेले दोसल्ला ओडाएर सम्मान सहित बिदाई गर्नु भएको हाे ।


सो अवसरमा बाेल्दै कार्यबहाक नगर प्रमुख दुबेले सुनवल नगरको नाम विश्वमा राख्न सफलहुनु भन्दै अन्तराष्ट्रीय स्तरमा समेत कुनै न कुनै स्थान प्रास्त गर्नेमा आफु विश्वस्त रहेको जिकिर गर्नुभयाे ।

साेहि अवसरमा बाेल्दै विद्यालयका प्रिन्सिपल धनराज चापागाईले उहाँले छाेटाे अवधिमा जिल्ला र राष्ट्रिय बिजेता हुदै अन्तराष्ट्रीय स्तरमा समेत प्रतिस्पर्धा गर्ने सम्मको क्षमता कमै ब्यक्तिहरुमा रहने भन्दै आफ्नो विद्यार्थीले यसप्रकारको जिल्लाकै ऐतिहासिक रेकड राख्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयाे ।


राष्ट्रिय प्रतियोगितामा समेत टप २० मा पर्न सफल पंगेनी सुनवल युनाईटेड सेकेण्डरी स्कुल,सुनवलको कक्षा ९ मा अध्ययनरत हाेनहार मेहनती विद्यार्थी हुन् ।

अंग्रेजी भाषामा अक्षरहरु मिलाएर नया शब्दहरु छिटो निर्माण गरि आफ्नो क्षमता बृद्वि गर्ने उद्देश्यले खेलाईने यो अंग्रेजी स्क्राबल प्रतियोगितामा मिसनको निक्कै क्षमता रहेको छ ।

हाल सुनवल युनाइटेड सेकेण्डरी स्कुलका ४० जना विद्यार्थीहरुले अहिले स्क्राबल प्रतियोगिता को तालिम प्राप्त गरी अन्य विद्यार्थीहरुलाई समेत उक्त कार्यक्रममा नियमित रुपमा प्रशिक्षण दिदै आइरहेका छन ।


अमेरीकावाट शुरु भएको मानिने स्क्राबल खेल १५ ÷१५ साइजको बोर्डमा ए देखि जेड सम्मका एक सयवटा फण्ट टायलको प्रयोगबाट खेल्ने गरिन्छ।

यो खेलले प्रतिस्पधीबीच भाषा बिकास, सञ्चारको सिप, सहकार्य, नयां शब्द सिर्जना गर्न र अंग्रेजी भाषाको बिभिन्न क्रियाकलापमा सहयोग पुरयाउने गर्दछ भने एक पटकमा २ देखि ४ जना सम्म खेल्न सकिन्छ ।



Ads