ताजा अपडेटः

प्रथम सुन्दरबस्ती कप खुला नकआउटका फुटवल प्रतियाेगिता अन्तर्गत आजकाे जित जनशक्ति यूवा क्लवलाई

प्रथम सुन्दरबस्ती कप खुला नकआउटका फुटवल प्रतियाेगिता अन्तर्गत आजकाे जित जनशक्ति यूवा क्लवलाई प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार २०:३३

 

कल्पना खरेल,सुनवल । प्रथम सुन्दरबस्ती कप खुला नकआउट फुटवल प्रतियोगिता आजकाे खेलमा जनशक्ति यूवा क्लव विजयी भएकाे छ ।

निकैनै राेचक र प्रतिस्पर्धात्मक भएकाे आजकाे खेलमा डि- यूनिटि एफ.सि लाई १ का विरूद्व ३ गाेल गर्दै जनशक्ति यूवा क्लब विजयी भएकाे हाे ।


जनशक्ति यूवा क्लबले पहिलाे हाफमा २ गाेल गरी दाेस्राे हाफमा थप १ गाेल गरेकाे थियाे भने डि. यूनिटि एफ.सिले दाेस्राे हाफमा १ पेनाल्टी गाेल गरेकाे थियाे ।

आजकाे खेलकाे म्यान अफ द म्याच जनशक्ति यूवा क्लबका जर्सि नम्बर ८ का खेलाडि दिलिप चाैधरी म्यान अफ द म्याच घाेषित भएका थिए ।


भाेलीकाे खेल आज विशेष कारण बस राेकिएकाे आयाेजक टिम यूनाइटेड सुन्दरबस्ती VS प्रगति यूवा क्लब बिच बिहान ९ बजे, मिलन टाेल एफ.सी VS सिद्वार्थ स्कुल बिच दिउँसो १ बजे र बुद्व यूवा क्लब VS सुनवल एफ.सी बिच दिउँसो ३ बजे कडा प्रतिस्पर्धा हुने आयाेजक टिमले जनाएको छ ।


फाल्गुन १६ गते सम्म संचालीत उक्त प्रथम सुन्दरबस्ती खुलअ नकआउट फुटवल प्रतियोगिताकाे नवलपरासी खवरले निरन्तर प्रत्येक्ष प्रसारण गर्नेछ ।



Ads