ताजा अपडेटः

प्रथम सुन्दरबस्ती कप खुला नकआउटका फुटवल प्रतियाेगिता अन्तर्गत आजकाे जित गतिशील मन्च एफ.सी र जनज्योति यूवा क्लव लाई

प्रथम सुन्दरबस्ती कप खुला नकआउटका फुटवल प्रतियाेगिता अन्तर्गत आजकाे जित गतिशील मन्च एफ.सी र जनज्योति यूवा क्लव लाई प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार २१:०६

 

 

कल्पना खरेल,सुनवल । प्रथम सुन्दरबस्ती कप खुला नकआउट फुटवल प्रतियोगिता आजकाे दुई खेलमा गतिशील मन्च एफ.सी र जनज्योति यूवा क्लव विजयी भएकाे छ ।


पहिलो खेलमा 5 डट 30 एफ.सिलाई पेनाल्टि सुटआउटमा हराउदै गतिशील मन्च एफ.सी जिजयी भएकाे हाे भने दाेस्राे खेलमा नदुवा यूवा क्लवलाई शुन्यका बिरूद्व २ गाेल गर्दै जनज्योति यूवा क्लव विजयी भएकाे हाे ।

आजकाे खेलमा जनज्योति यूवा क्लवका जर्सि नम्बर १६,का खेलाडि रविन थापा म्यान अफ द म्याच घाेषित भएका छन् । भने भाेलीकाे पहिलाे खेल जनशक्ति यूवा क्लव VS D- Unity F.C विच दिउँसाे १ बजे र दाेस्राे खेल यूनाइटेड सुन्दरवस्ती VS प्रगतिशील यूवा क्लव विच दिउँसाे ३ बजे खेल हुने आयाेजक टिमले जनाएकाे छ ।


फाल्गुन १६ गते सम्म संचालीत उक्त प्रथम सुन्दरबस्ती खुलअ नकआउट फुटवल प्रतियोगिताकाे नवलपरासी खवरले निरन्तर प्रत्येक्ष प्रसारण गर्नेछ ।



Ads