ताजा अपडेटः

सिद्धार्थ माध्यमिक बिद्यालयको अभिभावक भेला सम्पन्न

सिद्धार्थ माध्यमिक बिद्यालयको अभिभावक भेला सम्पन्न प्रकाशित मिति: २९ माघ २०७९, आईतवार २२:०१

 

 

रंजीत शर्मा,परासी । सिद्धार्थ माध्यमिक विद्यालय कुश्माको अभिभावक भेला आज सम्पन्न भएको छ ।

पाल्हीनन्दन गाउँपालिका वार्ड नं ३ कुश्मा स्थित विक्रम संवत २०१९ सालमा स्थापना भएको सिद्धार्थ माध्यमिक विद्यालयको प्रांगणमा आज अभिभावक भेला सम्पन्न भएको हो ।


पाल्हीनन्दन गाउँपालिका वार्ड नं ३ का वार्ड अध्यक्ष गोधन हरिजनको अध्यक्षतामा र पाल्हीनन्दन गाउँपालिकाका शिक्षा शाखाका प्रमुख प्रमोद यादवको प्रमुख अतिथिकतामा अभिभावक भेला सम्पन्न भएको थियोे ।
भेलाका अध्यक्ष गोधन् हरिजनले विद्यालयको विकासका लागि शिक्षक-अभिभावक नै सचेत र जागरूक हुनुपर्ने बताउनुभयाे । बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार हुन आवश्यक रहेको औल्याउनु भयो ।


अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन गर्ने भए पनि गणपुरक संख्या न पुगेकोले समिति गठन कार्यक्रम स्थगित गरिएको र अब फाल्गुन ५ गते अर्को भेला हुने पाल्हिनन्दन गाउँपालिका का शिक्षा शाखा सहायक अशोक ठाकुरले जानकारी दिनुभएकाे छ ।


प्रधानाध्यापक रविन्द्र शर्माकाे स्वागत र सर्वजित दास पटेलकाे संचालन रहेकाे कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाकाका शिक्षा शाखा प्रमुख प्रमोद यादव,सहायक अशोक ठाकुर,पाल्हिनन्दन गाउँपालिकाका कार्यपालिका सदस्य अनामिका हरिजन, वार्ड सदस्य गिरेन्द्र गुप्ता,अमरनाथ बर्मा,जनता माध्यमिक विद्यालय लोहरौलीका प्रधानध्यापक चन्द्रकेश यादव लगायत अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।



Ads