ताजा अपडेटः

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद सुनवलको पुर्ण बैठक आज सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद सुनवलको पुर्ण बैठक आज सम्पन्न प्रकाशित मिति: २९ माघ २०७९, आईतवार २१:११

 

कल्पना खरेल,सुनवल । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद सुनवलको पुर्ण बैठक आज सुनवल-१ सोमनाथमा सम्पन्न भएको छ ।

नगर समन्वय परिषदका उपाध्यक्ष निर्मला सारु मगरको अध्यक्षतामा बसेकाे बैठकले विभिन्न बिषयमा छलफल गरी निर्णय पारित गरेकाे छ ।

बैठकले लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा दोस्रो ऐतिहासिक नगर अधिवेशन यहि फागुन ९ गते सुनवलमा गर्ने निर्णय गरेकाे हाे ।


साथै अधिबेशन एकल जातीय समुदायको वृहत् उपस्थितिमा बिबिध सांस्कृतिक कार्यक्रम गरी भब्यताका साथ सम्पन्न गर्ने निर्णय भएको महासंघ जिल्ला परिषद नवलपरासीका सल्लाहकार मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ ।

यसैबीच अधिबेशन सम्पन्न गर्नुको निम्ति बिभिन्न उप समिति समेत गठन गरीएकाे छ ।

सचिब सन्जय कुमार श्रेष्ठको संयाेजकत्वमा मन्च व्यबस्थापन समिति, काेषाध्यक्ष हेम बहादुर थापाको संयाेजकत्वमम आर्थिक सङ्कलन समिती, उपाध्यक्ष निर्मला सारु मगरको संयोजकत्वमा सांस्कृतिम समिति, सहसचिव सिता गुरुङ्गकाे संयोजकत्वमा अतिथि सत्कार समिति र जोग बहादुर चौधरीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन भएको सल्लाहकार थापाले बताउनु भयो ।



Ads