ताजा अपडेटः

वनदेवी आधारभूत विद्यालयकाे दुईकाेठे भवन शिलान्यास

वनदेवी आधारभूत विद्यालयकाे दुईकाेठे भवन शिलान्यास प्रकाशित मिति: २८ माघ २०७९, शनिबार १२:०३

 

 

 

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीको सुनवल वडा नम्बर १३ ध्यूडल्लामा रहेकाे वनदेवी आभारभूत विद्यालयकाे दुईकाेठे भवन शिलान्यास गरीएकाे छ । उक्त दुईकाेठे भवनकाे एक कार्यक्रमका विच नगरप्रमुख विमला अर्यालले शिलान्यास गर्नुभएको हाे ।

 

भवनकाे शिलान्यास गर्दै नगरप्रमुख अर्यालले शैक्षिक हवकाे केन्द्र बनाउने उदेश्य सहित भुकम्प प्रतिरोधात्मक प्रविधि मैत्री विद्यालय भवन निर्माण गरीएकाे जिकिर गर्नुभयाे ।

 

 


उहाँले आधारभूत तह कक्षा -५ सम्म रहेकाे विद्यालयलाई स्तराेन्ति गरी आधारभूत तह कक्षा ८ सम्म वढाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

 

 


साथै नगरप्रमुख अर्यालले विद्यालयलाई आवश्यक पर्ने यातायात साधनकाे व्यवस्थापनकाे लागि स्थानिय सरकारले आर्थिक सहयाेग गर्ने स्पष्ट पनि पार्नुभयाे ।

 

 

 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नाजिर मुसलमानकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा वडा सदस्य,विद्यालय व्यवस्थापन समितका सदस्य,अभिभावक,शिक्षक-शिक्षिका , विद्यार्थी लगाएको उपस्थिती रहेकाे थियाे ।

 

 

कार्यक्रममा शिक्षक लक्षण ज्ञवालीको स्वागत र विद्यालयका प्राचार्य मुरारी यादवकाे संचालन रहेकाे थियाे ।



Ads