ताजा अपडेटः

प्रथम बिग बुद्व खुल्ला नक आउट फुटवल प्रतियोगिताकाे उपाधि आयाेजक टिम (राताे ) लाई

प्रथम बिग बुद्व खुल्ला नक आउट फुटवल प्रतियोगिताकाे उपाधि आयाेजक टिम (राताे ) लाई प्रकाशित मिति: २६ माघ २०७९, बिहीबार २२:२१

 

 

कल्पना खरेल,सुनवल । प्रथम बिग बुद्व खुला नकआउट पुरूष फुटवल प्रतियोगितामा आयाेजक टिम बिग बुद्व क्लब ( राताे ) विजयी भएकाे छ ।

आजकाे फाइनल खेलमा नव नेपाल किसान युवा क्लव दबिल्लालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक टिम ( राताे ) विजय भएको हो ।

खेलअवधीभर निकै एक आपसमा भारी देखिएका दुवै टिमले निर्धारित समयमा दुै टिमकाे कुनै पनि गाेल गर्न नसके पछि खेल ट्राइबेकरका आधारमा पेनाल्टी सुटआउटमा गएकाे थियाे ।

बिजेता बिग बुद्द क्लब ( रातो ) ले १ लाख ५ हजार सहित शिल मेडल र प्माणपत्र त्यसैगरी उपबिजेता नव नेपाल किसान युवा क्लव दबिल्लाले ६१ हजार ५ सय सहित शिल मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई पनि नगद,मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो।
क्लबका अध्यक्ष संजिव लामाको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले खेल क्षेत्र र खेलाडीको बिकासका लागि स्थानिय, प्रदेश र संघिय सरकार लागि पर्ने बताउनुभयो ।

बिग बुद्द क्लबको आयोजनामा गत माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा पश्चिम नवलपरासी र रूपन्देही जिल्ला गरी १७ टिमको सहभागीता रहेको थियो।

ह्यापी नाथ कुवरको स्वागत विष्णु पाण्डेकाे संचालन रहेकाे उक्त कार्यक्रममा सुनवल नगरपालिका भित्रका उल्लेख्य खेलप्रमी दर्शकहरूकाे उपस्थिति रहेकाे थियाे ।

मिडिया पार्टनर नवलपरासी खबरले खेलअवधिभर प्रत्येक्ष प्रसारण गरेकाे थियाे ।



Ads