ताजा अपडेटः

ट्रक सहित ठूलाे मात्रामा यूरिया मल नियन्त्रणमा

ट्रक सहित ठूलाे मात्रामा यूरिया मल नियन्त्रणमा प्रकाशित मिति: २६ माघ २०७९, बिहीबार १२:५०

 

 

 

 

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर -४ टि. सिएन चाेकबाट आज ट्रक सहित यूरिया मल नियन्त्रणमा लिइएकाे छ ।

विहान अन्दाजी ७:३० बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक वीरेन्द्र के.सी.को कमाण्डमा खटिएको टोलीले चेकजाच गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ७ ख ९२४३ नं. को ट्रकमा लुकाई छिपाई ल्याएको . मुल्य रु. ५ लाख १२ हजार ४ सय मूल्य बराबरको ४ सय २७ बोरा युरिया मल, १४ हजार ४०० मुल्य बराबरको १२ बोरा डिएपी मल, समेत गरि जम्मा रु ५ लाख २६ हजार ८०० सय बराबरको अबैध मल र ट्रक नियन्त्रणमा लिईएकाे हाे ।


साथै ट्रक चालक चितवन जिल्ला भरतपुर उप-महानगरपालिका- १६ बस्ने बर्ष अन्दाजी २४ वर्षका सन्दिप न्यौपानेलाई समेत नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

उक्त ट्रकमा रुपन्देही बाट धादिङ जिल्लाको धार्केमा ५ सय २५ बोरा चोकर ढुवानी गर्ने भनि चोकरको बिल बनाई जम्मा चोकर ३९ बोरा लोड भएको र अन्य बिभिन्न प्रकारको ४ सय ३९ बोरा मल राखिएकाे पाइएको डिएसपी पाण्डेले बताउनुभयाे ।



Ads