ताजा अपडेटः

पश्चिम नवलपरासीको मदार बाबा मेला भाेलिदेखि सुरु

पश्चिम नवलपरासीको मदार बाबा मेला भाेलिदेखि सुरु प्रकाशित मिति: २६ माघ २०७९, बिहीबार ०८:२२

 

 

सुरेश यादव,परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ महलबारी स्थित हिन्दु र मुस्लिमहरु दुबैकाे साझाँ केन्द्रको रुपमा विकसितआस्थाकाे रुपमा रहेकाे मदार बाबा मेला यस वर्ष माघ २७ गते शुक्रबारदेखि सुरु हुने भएकाे छ ।

मदार बाबा मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे आयाेजक कमिटीले जनाएकाे छ । मेलामा आउने श्रद्धालुहरुका लागि बिरामी हुने हरुकाे लागि नि:शुल्क उपचार शिविर, खानेपानी, राति बस्नेहरुलाई बासकाे सुविधा, शाैचालयकाे सुविधा साथै सुरक्षाकाे लागि अधिक्तम मिलाईकाे बताईएकाे छ ।

मेलामा नेपालकाे काठमाडौं, पाेखरा, रुपन्देही, पाल्पा, चितवन, नवलपरासी, कपिलवस्तु लगात भारतकाे उत्तरप्रदेश, बिहार, दिल्ली, मुंबई, बंगाल लगाएतकाे स्थानहरुबाट करिव १८ लाख भन्दा बढी श्रद्धालु भक्तजनहरु आउने अनुमान गरिएकाे छ ।

माैसम सफा रहेकाेले विगतका वर्षहरु भन्दा यस वर्ष अझ बढी श्रद्धालु आउने विश्वास गरिएकाे आयाेजक मेला कमिटीका अध्यक्ष लाल माेहम्मद अन्सारीले बताउनुभएकाे छ ।

मदार बाबाकाे वास्तविक नाम हजरत बदिउद्दिन शाह रहमतुल्लाह अलैह् कुतुबुल मदार शाह हाे । याे मेला मुस्लिम मान्यता अनुसार महान ऋषि वदिउद्दिन शाहकाे ६०६ ओैं वर्षिकिकाे रुपमा मनाइदै छ ।
याे मेला मुस्लिम समुदायकाे भएपनि यसलाई हिन्दु र मुस्लिमकाे आस्थाकाे केन्द्र मानिने गरिन्छ ।

 

 

 

 

 

मदारबाबाकाे मजारमा भाकल, दुख तथा मनाेकामना लिएर आउने श्रद्धालुहरुकाे भाकल तथा मनाेकामना पुरा हुने र सन्तान नहुने दाम्पतीले सन्तान पाउने तथा दुखियाकाे दुखहरण मुल्य मान्यता र विश्वास भएकाे मदार बाबाका मठाधिश बाबा अमिरुल्लाह अन्सारीले बताउनुभएकाे छ ।



Ads