ताजा अपडेटः

आजकाे सेमिफाइनल खेलमा नवनेपाल यूवा क्लब ( दबिल्ला ) विजयी

आजकाे सेमिफाइनल खेलमा नवनेपाल यूवा क्लब ( दबिल्ला ) विजयी प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार २०:३३

 

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीकाे सुनवलमा जारी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आजकाे अन्तिम सेमिफाइनल खेलमा नवनेपाल यूवा क्लब ( दबिल्ला ) विजयी भएकाे छ ।

 


विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा भएकाे सेमिफाइनल खेलमा आयाेजक टिम बिग बुद्व क्लब ( निलाे ) लाई ० का विरूद्व ४ गाेल गर्दै नवनेपाल यूवा क्लब ( दबिल्ला ) विजयी भएकाे हाे ।

 


आजकाे खेलमा विजयी टिमका जर्सि नम्बर ११ का अमित थापा म्यान अफ द म्याच घाेषित भएका छन् ।

 


पर्सि माग २६ गते आयाेजक टिम ( राताे ) VS नवनेपाल यूवा क्लब ( दबिल्ला ) बिच फाइनल खेल दिउँसो ठिक २ बजे हुने बिग बुद्व यूवा क्लबका अध्यक्ष एबम् खेल संयाेजक सन्जिव लामाले बताउनुभएकाे छ ।

 

 


साथै साेहि दिन दिउँसो १२ बजे सुनवल VS बर्दघाट भेट्रान्स विच राेमान्चक मैत्रीपूर्ण खेल हुने समेत उहाँले बताउनुभएकाे छ ।

 

 


व्यवस्थित पार्किङ्ग,ताजा खाजाकाे व्यवस्था र फ्रि वाईफाईकाे सुविधा रहेकाे यस खुला नकआउट फुटवल प्रतियोगिताकाे खेल अवधिभर नवलपरासी खवरले आफ्नाे फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।

 



Ads