ताजा अपडेटः

पश्चिम नवलपरासीको रामग्राममा साईकल दुर्घटनामा परि एककाे मृत्यु

पश्चिम नवलपरासीको रामग्राममा साईकल दुर्घटनामा परि एककाे मृत्यु प्रकाशित मिति: २३ माघ २०७९, सोमबार २२:१३

 

कल्पना खरेल,सुनवल । आज बेलुकी अन्दाजी ५:१० बजे पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ८ स्थित भित्री सडकखण्डमा साईकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएकाे छ ।

डाेकाे, नाङ्लाे बेच्दै पश्चिमबाट पुर्ब तर्फ जादै गरेका बर्दघाट नगरपालिका वडा नम्बर १५ बेलडाडा निवासी अन्दाजी ४९ बर्षका आस बहादुर गुरुङ अचानक साईकल अनियन्त्रित भई लडेर टाउकोमा गम्भीर चाेट लागेकाे थियाे ।

घटना पश्चात जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी निरीक्षक धर्मराज खत्रीको कमाण्डमा ७ जनाकाे टाेलि घटनास्थलमा पुगि उनलाई उपचारको लागि जिल्ला अस्पताल परासीमा ल्याईएकोमा करिब ५:२० बजे उपचारको क्रममा मृत्यु भएको हाे ।

अहिले शव सोही अस्पतालमा रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

मृतक गुरूङकाे परिवारलाई खबर गरि हाल उनकी श्रीमती साथमा रहेको समेत पाण्डेले जानकारी दिनुभएकाे छ ।



Ads