ताजा अपडेटः

पश्चिम नवलपरासीमा ठुलाे मात्रामा अवैध गहुँ बरामद

कल्पना खरेल
पश्चिम नवलपरासीमा ठुलाे मात्रामा अवैध गहुँ बरामद प्रकाशित मिति: २१ माघ २०७९, शनिबार ११:४१

 

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ अस्नैयाबाट आज अवैध गहुँ बरामद गरीएकाे छ ।

बिहान अन्दाजी ५:०० बजे उक्त ठाउँमा लु १ ज ४४८९ नं. को पिकअप गाडीमा भारतबाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेकाे करिब ३१ कुईन्टल गँहु जसकाे अन्दाजी मूल्य मुल्य १ लाख ७९ हजार ८०० बराबरको रहेकाे छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट सादा पोशाकमा खटिएकाे प्रहरी टोली र प्रहरी चौकी बसहिया बाट प्रहरी सहायक निरीक्षक बासुदेव ओलिको टोलीले गाडीको पट्टा भाँचिएको अवस्थामा उक्त गँहु बरामत गरेकाे हाे ।

बरामत गरीएकाे गँहु ट्याक्टरमा पल्ट्रि गरि आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

यतिबेला चालक फरार रहेको र फरार चालकको खोजतलास भैरहेकाे समेत उहाँकाे भनाइ छ । साथै उक्त गाउँ कस्तो हो भन्ने विषयमा समेत आवश्यक अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले जनाएकाे छ




Ads