ताजा अपडेटः

१ महिनामा १ करोड ७३ लाख १८ हजार बराबरको राजश्व दाखिला

१ महिनामा १ करोड ७३ लाख १८ हजार बराबरको राजश्व दाखिला प्रकाशित मिति: १८ माघ २०७९, बुधबार २०:३४

 

 

कल्पना खरेल,सुनवल । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले १ महिनाको अवधीमा १ करोड ७३ लाख १८ हजार ७ सय ६७ मुल्य बराबरको राजश्व दाखिला गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहतका प्रहरी ईकाई समेतबाट पुस १७ गते देखि माघ १८ गते सम्म १ महिनाको अवधिमा जिल्लाका बिभिन्न स्थानबाट भन्सार छली ल्याईएका अवैध मालसामानबाट रू १ करोड ६८ लाख २८ हजार ७ सय ६७ मुल्य बराबरको राजश्व दाखिला गरेकाे हाे ।

बरामद गरीएका मालसामानमा चिनी, बिभिन्न किराना सामान, हार्डवेयरको सामान, लत्ता कपडा, बिभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा र पशु तथा चौपाया बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर तथा राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

त्यसै गरी प्रहरीले यस अवधीमा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न २२ वटा ट्याक्टर लाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाएको छ । जसबाट ३ लाख ४२ हजार ५ सय मुल्य बराबरको राजश्व दाखिला भएको छ ।

साथै यसै अवधिमा प्रहरीले १ लाख ६२ हजार ५ सय मुल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको छ ।
यसरी यस अवधीमा प्रहरीले अवैध मालसामान, अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही, अवैध काठ समेत गरी कुल जम्मा १ करोड ७३ लाख १८ हजार ७ सय ६७ मुल्य बराबरको राजश्व दाखिला गरेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी पाण्डेले बताउनुभएकाे छ ।

साथै सो अबधीमा खुल्ला सीमानाको कारण अबैध रुपमा भन्सार छली गरि ल्याएको बिभिन्न सामानहरु ओसार पसारमा संलग्न ५ जना मानिसहरु, १२ वटा मोटरसाइकल र २ वटा ट्याक्टर समेतलाई नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।

यसैगरी पश्चिम नवलपरासी प्रहरीले चालु आर्थिक बर्षको श्रावण १ गतेदेखि हालसम्म ४ करोड २९ लाख ३० हजार ७ सय ६५ मुल्य बराबरको राजश्व दाखिला गरेको छ ।

जसमा ४ करोड २ लाख १५ हजार १ सय ६० मुल्य बराबरको अवैध रुपमा भन्सार छली गरि ल्याएको बिभिन्न मालसामान रहेको छ भने ११ लाख ८६ हजार २ सय ५० मुल्य बराबर अवैध नदिजन्य पदार्थ उत्खनन कारबाही र १५ लाख २९ हजार ३ सय ५५ मुल्य बराबरको अवैध वन पैदावर बरामद गरेकाे डिएसपी पाण्डेले बताउनुभयाे ।

 



Ads