ताजा अपडेटः

पश्चिम नवलपरासीमा २ लाख मुल्य बराबरको अवैध गहुँ बरामद

पश्चिम नवलपरासीमा २ लाख मुल्य बराबरको अवैध गहुँ बरामद प्रकाशित मिति: १८ माघ २०७९, बुधबार १०:३५

कल्पना खरेल,सुनवल । आज पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालीका वडा नम्बर ५ बसहिया स्थित एक घरमा लुकाई छिपाई राखेकाे अबस्थामा अबैध गहुँ बरामत गरीएकाे छ ।

बिहान ०६:०० बजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याई साे स्थानमा बसाेबास गर्ने कैलास हजामको घरमा लुकाई छिपाई राख्ने क्रममा अन्दाजी २ लाख मुल्य बराबरको १ सय ३३ बोरामा ६ टन ६ क्विन्टल ५० के.जी. गहुँ बरामद गरीएकाे हाे ।

 


जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोली, ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले साे अबैध गहुँ लुकाई छिपाई राख्ने क्रममा फेला पारी रितपुर्वक बरामद गरेकाे थियाे ।

बरामद गरीएकाे गहुँलाई आवश्यक कारबाहीको लागि मेशपुर भन्सार कार्यालय पठाउने तयारी भैरहेको साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव परिक्षम एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।