ताजा अपडेटः

प्रथम बिग बुद्ध कप खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आजकाे खेलमा गौतम बुद्ध सामुदायिक विकास प्रतिष्ठान विजयी

प्रथम बिग बुद्ध कप खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आजकाे खेलमा गौतम बुद्ध सामुदायिक विकास प्रतिष्ठान विजयी प्रकाशित मिति: १६ माघ २०७९, सोमबार २२:२७

 

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीकाे सुनवलमा जारी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आजकाे खेलमा गौतम बुद्ध सामुदायिक विकास प्रतिष्ठान बर्दघाट विजयी भएकाे छ ।

विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा भएकाे आजकाे खेलमा मायादेवी युवा क्लब, टटेरा (रुपंदेही) लाई शुन्य ( 0 ) का विरूद्व १ गाेल गर्दै गाैतम बुद्व सामुदायिक विकास प्रतिष्ठान विजयी भएकाे हाे ।

 


पहिलाे हाफमा निकै राेचक १ गाेल गर्न सफल गौतम बुद्ध सामुदायिक विकास प्रतिस्ठान बर्दघाटलाई चुनाैति दिदै आक्रामक शैलीमा खेल प्रदर्शन गरेकाे मायादेवी युवा क्लब, टटेरा (रुपंदेही)ले खेल अबधिभर गाेल फर्काउन सकेन ।

आजकाे खेलमा मायादेवी युवा क्लबका गोल रक्षक जर्सि नम्बर २२, विष्णु पल्ली मगर म्यान अफ द म्यान घाेषित भएका छन् ।

 


त्यसैगरी, भाेलीकाे खेल किर्तिपुर यूवा क्लब VS सुनवल -४ विच राेचक खेल हुने बिग बुद्व क्लबका अध्यक्ष सन्जिव लामाले बताउनुभएकाे छ ।
व्यवस्थित पार्किङ्ग,ताजा खाजाकाे व्यवस्था र फ्रि वाईफाईकाे सुविधा रहेकाे यस खुला नकआउट फुटवल प्रतियोगिताकाे खेल अवधिभर नवलपरासी खवरले आफ्नाे फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।



Ads