ताजा अपडेटः

५ लाख भन्दा बढि अबैध मालसामान बरामद

५ लाख भन्दा बढि अबैध मालसामान बरामद प्रकाशित मिति: १६ माघ २०७९, सोमबार २०:२६

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिका वडा नम्बर ४ त्रिवेणी चाेक स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा ५ लाख भन्दा बढिकाे अबैध मालसामान बरामद गरीएकाे छ ।

ईलाका प्रहरी कार्यालयबाट खटिएको नियमित चेकिङ टोलीले सवारी साधन चेकजांच गर्ने क्रममा अबैध रुपमा चोरी पैठारी गरि ल्याएका साे मुल्य बराबरकाे मालसामान बरामद गरेकाे हाे ।

 


बरामद गरीएका मालसामानमा बिभिन्न किसिमका साडी, कुर्ता सुरवाल, सल, लसुन,युरिया मल रहेकाे ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएकाे छ ।

बरामद गरएकाे मालसामानलाई आजनै आवस्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाईएकाे छ ।



Ads