ताजा अपडेटः

पश्चिम नवलपरासीबाट ४ लाख भन्दा बढि अवैध मालसामान बरामद

पश्चिम नवलपरासीबाट ४ लाख भन्दा बढि अवैध मालसामान बरामद प्रकाशित मिति: १६ माघ २०७९, सोमबार १३:४७

 

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका वडा नम्बर ७ ज्यामिरे चाेकमा आज १ लाख ७५ हजार मूल्य बराबरकाे अबैध मालसामान बरामद बरामद गरीएकाे छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी ईकाईहरु अस्थाई प्रहरी पोष्ट ज्यामिरे बाट प्रहरी सहायक निरीक्षक शिव कुमार पौडेलको चेकिङ टोलिले पुर्व पश्चिम राजमार्ग स्थित पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको बसलाई चेकजाँच गर्ने क्रममा साे मुल्य बराबरकाे मालसामान बरामद गरेकाे हाे ।

बरामद गरीएकाे मालसामानमा रू.२० हजारकाे दरले रु. १ लाखकाे खसी र रु १५ हजार को दरले रु. ७५ हजार काे भेडा गरि जम्मा मूल्य रु. १ लाख ७५ हजार बराबरकाे मालसामान बरामद गरीएकाे प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

त्यसैगरी पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिका २ चिसापानी चाेक र टि.सि.एन चाेकबाट अन्दाजी ४ लाख ९ हजार मूल्य बराबरकाे अबैध मालसामान बरामद गरीएकाे छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाट बाट प्रहरी निरीक्षक वीरेन्द्र के.सी. को कमाण्डमा खटिएको गस्ति टोलीले अबैध रूपमा भन्सार छली ल्याईएकाे साे मुल्य बराबरकाे अबैध मालसामान बरामद गरेकाे हाे ।

बरामद गरीएकाे मालसामानमा रू. १०० काे दरले ३०० के.जी. लसुन जसका जम्मा अन्दाजी मुल्य रु.३० हजार , लेडिज सल ७७५ पिस,जसकाे अन्दाजी मुल्य रु. १ लाख ५५ हजार साथै UP 56 M 3289 नं. को मोटर साईकल जसकाे अन्दाजी मुल्य रु. १५ हजार, UP 56 AH 9037 नं. को मोटरसाईकद जसकाे अन्दाजी मुल्य रु. २५ हजार गरी जम्मा अं. २,२५,०००/- र जिल्ला प्रशासन कार्यालयबाट समेत खटि गएको प्रहरी टोलीले रु ९०००।– मुल्य बराबरको ६ बोरा अबैध गहुं समेत फेला पारी जम्मा २ लाख ३४ हजार मूल्य बराबरको अबैध सामान बरामद गरीएकाे हाे ।

दुबै क्षेत्रबाट मरामद गरीएका जम्मा ४ लाख ९ हजार बराबरकाे मालसामानलाई आबस्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको डिएसपी पाण्डेले बताउनुभयाे ।



Ads