ताजा अपडेटः

प्रथम बिग बुद्ध कप खुल्ला नकआउट फुटबल प्रतियोगिताकाे खेलमा याेङ्ग ब्वाइज यूवा क्लब बर्दघाट ( रूपन्देही ) विजयी

प्रथम बिग बुद्ध कप खुल्ला नकआउट फुटबल प्रतियोगिताकाे खेलमा याेङ्ग ब्वाइज यूवा क्लब बर्दघाट ( रूपन्देही ) विजयी प्रकाशित मिति: १६ माघ २०७९, सोमबार ०६:५२

 

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीकाे सुनवल-६ विसासयमा जारी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत हिजाेकाे खेलमा याेङ्ग ब्वाइज यूवा क्लव ( रूपन्देही ) विजयी भएकाे छ ।

विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा भएकाे खेलमा सम्झना यूवा क्लब नवलपरासीलाई लाई पेनाल्टि सुट्आउटमा याेङ्ग ब्वाइज यूवा क्लब रूपन्देही विजयी भएकाे हाे ।

 


पहिलाे हाफमा सम्झना यूवा क्लव नवलपरासीलाई १ का विरूद्व २ गाेलकाे अग्रता लिएकाे याेङ्ग ब्याईज यूवा क्लब रूपन्देहीले दाेस्राे हाफमा पुनह १ गाेल फर्काएर सम्झना यूवा क्लबले खेललाई बराबरीमा लगेकाे थियाे ।

 

अन्तिम सम्म पनि दुवै टिमले निकैनै राम्रो खेल प्रर्दशन गरेर एक आपसमा भारी बनी गाेल बराबरी गरेपछि अन्तिममा पेनाल्टि सुटआउट गराईएकाे थियाे ।

खेलमा याेङ्ग ब्वाइज यूवा क्लबका गाेल रक्षक ,जर्सि नम्बर ०, विजय गलामी मगर, म्यान अफ द म्याच घाेषित भएका छन् ।

 


त्यसैगरी,आजकाे खेल गाैतमबुद्व यूवा क्लब बर्दघाट ( नवलपरासी ) VS माया देवी यूवा क्लब टटेरा ( रूपन्देही ) विच हुने बिग बुद्व क्लबका अध्यक्ष सन्जिव लामाले बताउनुभएकाे छ ।

 

 

 

 

 

 

व्यवस्थित पार्किङ्ग,ताजा खाजाकाे व्यवस्था र फ्रि वाईफाईकाे सुविधा रहेकाे यस खुला नकआउट फुटवल प्रतियोगिताकाे खेल अवधिभर नवलपरासी खवरले आफ्नाे फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।