ताजा अपडेटः

डोटी जिल्लामा भूकम्प पीडितलाई सहयोग

डोटी जिल्लामा भूकम्प पीडितलाई सहयोग प्रकाशित मिति: १६ माघ २०७९, सोमबार ०६:१८

प्रदिप न्याैपाने,धनगढी । डाेटिमा भुकम्प गएकाे लामाे समय हुदा पनि सरकारले साे क्षेत्रमा कुनै राहत दिन सकेकाे छैन ।

तर उक्त ठाउँमा भुकम्पमा परेर जनधनको क्षति भएपछि राहतका सामानहरु बोकि मनकारी संघ संस्थाहरुले राहतकाे अनुभुती गराउन सहयोगी हातहरु अगाडि बढाएका छन् ।

कार्तिक १३ गते विहान २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु, ८ जना घाईते र २८ घरपरिवार विस्थापित भएका थिए ।

प्रदेशमा बसेर पनि आफ्नो देशमा बिपत्ति पर्दा डोटेली एकता समाज भारतका अध्यक्ष किरण रावत, दीपक खड्का, झंकर साऊद,अमर बटाला, एकेन्द साउद लगाएलका समाज सेवीहरुले राहत सामाग्री हस्तान्तरण गरेका हुन।

उनिहरूले तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरेका छन् । प्रदेशी भूमिमा पसिना बगाएपनि देशमा बिपद आउदा आफुहरु निरन्तर देशको सेवामा कार्य गरिरहने रहेको डोटेली एकता समाज भारतका अध्यक्ष किरण रावतले जानकारी दिनुभएको छ ।



Ads