कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीमा विभिन्न मितिमा अबैध रूपमा भन्सार छलि ल्याइएका ३ लाख बढि मूल्य बराबरको मालसामान बरामद गरीएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी चाैकी गेर्मि, भुजहवा र गाेवरहियाबाट खटिएकाे प्रहरीको गस्ति टाेलीले विभिन्न मितिमा साे मूल्य बराबरकाे मालसामान बरामद गरेकाे हाे ।
बरामद गरीएकाे मालसामानमा ३ लाख ८६ हजार १ सय १० मूल्य बराबरकाे साडी , काेरा कपडा, कुर्तासुरवाल, थानकाे कपडा , कस्मेटिक सामान तथा विभिन्न गाडीको पार्टपुर्जा रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
बरामद गरीएका सम्पूर्ण मालसामानलाई आजनै आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको समेत पाण्डेले बताउनुभयाे ।