ताजा अपडेटः

पश्चिम नवलपरासीकाे सरावलबाट चाेरी भएकाे समरसेल मेसिन फेला

पश्चिम नवलपरासीकाे सरावलबाट चाेरी भएकाे समरसेल मेसिन फेला प्रकाशित मिति: १५ माघ २०७९, आईतवार २०:००

 

कल्पना खरेल, सुनवल । श्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा आज चाेरी भएकाे समरसेल मेसिन ( पानी तान्ने माेटर ) फेला परेकाे छ ।

सरावल गाउँपालीका वडा नम्बर ३ र बर्दघाट नगरपालिका वडा नम्बर १३ जाेड्ने निर्माणाधीन पुलमा निर्माण कन्ट्रक्सन कम्पनीले प्रयाेग गरीराखेकाे अन्दाजी ७ लाख मूल्य बराबरकाे समरसेल मेसिन यहि माघ १० गते राति चाेरी भएकाे थियाे ।

चाेरीकाे खवर प्राप्त गर्नसाथ खाेजी भइरहेको उक्त समरसेल मेसिन प्रहरी चाैकि गाेबरहियाबाट प्रहरी नायव निरिक्षक गाेकर्ण चाैहानकाे कमाण्डका खटिएकाे गस्ति टाेलीले दिउँसाे अन्दाजी साढे २ बजे साे ठाउँमा बस्ने राजेन्द्र केवटकाे मलखाद बाट फेला पारेकाे हाे ।

यतिबेला उक्त चाेरी गर्ने व्यक्तिको खाेजिकार्य भईरहेकाे र फेला परेकाे मेसिनकाे विषयमा थप अनुसन्धान भैरहेकाे प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।



Ads