ताजा अपडेटः

प्रथम खुला नकआउट फुटवल प्रतियोगिताकाे आजकाे खेलमा तिलकाना यूवा क्लब विजयी

प्रथम खुला नकआउट फुटवल प्रतियोगिताकाे आजकाे खेलमा तिलकाना यूवा क्लब विजयी प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार २१:१५

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीकाे सुनवल-६ विसासयमा जारी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आजकाे खेलमा तिलकाना यूवा क्लब, सुनवल विजयी भएकाे छ ।


विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा  डि.एम.जि. यूवा क्लब रूपन्देहिलाई १ का विरूद्व २ गाेल गर्दै तिलकाना यूवा क्लब विजयी भएकाे हाे ।


पहिलाे हाफकाे खेलमा  निकैनै भारी र उत्कृष्ट खेल प्रदर्शन गर्दै तिलकाना यूवा क्लबले २ काे अग्रता काएम गरेकाे थियाे भने दाेस्राे हाफमा गएर डि.एम.जि. यूवा क्लबले पेनान्टिमा १ गाेल गर्न सफल भएकाे थियाे ।


आजकाे खेलमा डि.एम.जि.का जर्सि नम्बर ८, का देव दर्लामी म्यान अफ द म्याच घाेषित भएका छन् ।
त्यसैगरी,भाेलीकाे खेल बर्दघाट नगरपालिका नवलपरासी र रामनगर यूवा क्लब रूपन्देही विच हुने बिग बुद्व क्लबका अध्यक्ष सन्जिव लामाले बताउनुभएकाे छ ।


व्यवस्थित पार्किङ्ग,ताजा खाजाकाे व्यवस्था र फ्रि वाईफाईकाे सुविधा रहेकाे यस खुला नकआउट फुटवल प्रतियोगिताकाे खेल अवधिभर नवलपरासी खवरले आफ्नाे फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।



Ads