ताजा अपडेटः

वडा स्तरीय बालमैत्री स्थानीय वडा समितिको बैठक सम्पन्न

वडा स्तरीय बालमैत्री स्थानीय वडा समितिको बैठक सम्पन्न प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार ०६:३३

कल्पना खरेल, सुनवल । सुनवल नगरपालिका वडा नम्बर १ को वडा कार्यलयमा वडा स्तरीय बालमैत्री स्थानीय वडा समितिको बैठक सम्पन्न भएको छ ।

वडा स्तरीय बालमैत्री स्थानीय वडा समितिका अध्यक्ष मन बहादुर थापा मगर को अध्यक्षतामा बैठक बसि बालबालिका को बारेमा विभिन्न बिषयमा छलफल गरी निर्णय भएको छ ।

बालबालिकाको बालमैत्री दिगोपनको लागि आर्थिक बर्ष ०७९/०८० को वडा बाट बिनियाेजित बजेट रु १ लाख रुपैयाको रकमबाट संचालन हुने कार्यक्रमलाई कार्यान्वयन गर्नुको लागि वडा भित्र रहेका १३ वटा बाल क्लब र १ उटा वडा बाल संजाल गरी १४ वटै बाल क्लबका बालबालिकाको सहभागिता रहने सहमति भएकाे छ ।

त्यसैगरी वडा स्तरीय वडा बालमैत्री स्थानीय वडा समितिको अनुगमन रहने गरी वडा बाल संजाल मार्फत विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरीएकाे वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनुभएकाे छ ।



Ads