ताजा अपडेटः

जारी बिग बुद्व खुला नकआउट फुटवल प्रतियोगिताकाे आजकाे खेल, वाकओेभर दिई सुनवल-८ विजयी

जारी बिग बुद्व खुला नकआउट फुटवल प्रतियोगिताकाे आजकाे खेल, वाकओेभर दिई सुनवल-८ विजयी प्रकाशित मिति: १२ माघ २०७९, बिहीबार २२:००

 

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीकाे सुनवल-६ विसासयमा जारी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आजकाे खेलमा सुनवल-८,विजयी भएकाे छ ।

विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा जारी खेलमा विशेष कारण बस सनराईज यूवा क्लब (सुनवल ) खेल मैदानमा उपस्थित हुन नसक्दा वाकओभर दिई सुनवल-८ विजयी भएकाे हाे ।

त्यसैगरी उपस्थित दर्शकलाई खेलकाे आनन्द प्रदान गर्न आयाेजक क्लवले सुनवल-८ र बिग बुद्व क्लब ( निलाे) विच मैत्रीपूर्ण खेल खेलाएकाे थियाे ।

जसमा सुनवल ८ लाई २ का विरूद्व ४ गाेल गर्दै आयाेजक टिम विजयी भएकाे छ भने मैत्रीपूर्ण खेलमा सुनवल -८, जर्सि नम्मर-६ का राेहित राना म्यान अफ द म्याच घाेषित भएका छन् ।

भाेलीकाे खेल डि.एम.जि. यूवा क्लब रूपन्देही र तिलकाना यूवा क्लब सुनवल विच हुने बिग बुद्व क्लब का अध्यक्ष सन्जिव लामाले बताउनुभएकाे छ ।
व्यवस्थित पार्किङ्ग,ताजा खाजाकाे व्यवस्था र फ्रि वाईफाईकाे सुविधा रहेकाे यस खुला नकआउट फुटवल प्रतियोगिताकाे खेल अवधिभर नवलपरासी खवरले आफ्नाे फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।