ताजा अपडेटः

कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार’ भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा आज देखी दोश्रो औद्योगिक व्यापार मेला २०७९ सुरु

कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार’ भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा आज देखी दोश्रो औद्योगिक व्यापार मेला २०७९ सुरु प्रकाशित मिति: १० माघ २०७९, मंगलवार २०:५८

 

कल्पना खरेल,सुनवल । कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार’ भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा आज देखी दोश्रो औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ ।

उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा सुरू भएकाे व्यापार मेलाको आज भव्य समारोहका विच कानून न्याय तथा संसदीय मामीला मन्त्री धुब्र बहादुर प्रधानले उद्घाटन गर्नुभएको छ ।

मेलाको समुद्घाटन गर्दै मन्त्री प्रधानले अहिलेको सरकार  जनाता प्रति उत्तर्दायी रहेकाेले सधैभ जनताकाे पक्षमा रहेर काम गर्ने सोचका साथ अगाडी बढेको बताउनुभयो ।

उहाले अहिले उद्योगी व्यवसायीहरु समेत धरासयी भएको अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरुको समस्या समाधानका लागि संसदमा छलफल भईरहेको बताउनुभयो ।

मन्त्री प्रधानले याे क्षेत्र आफ्नाे क्षेत्र पनि भएकाे जनताले अनुभुती पाउने तवरले जनपक्षीय भएर सधैव काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे थियाे ।

त्यसैगरी कार्यक्रममा बाेल्दै प्रदेश सभा सदस्य खडक बस्नेतले यश क्षेत्रकाे भौतिक,समाजिक, आर्थिक र शैक्षिक लगायत अन्य विकासमा आफु निरन्तर लागिरहने बताउदै आफ्नो सहयोग सधैव उच्च रहने जिकिर गर्नुभयाे ।

यसैगरी सुनवल नगरपालिकाकाे नगर प्रमुख विमला अर्यालले समृद्ध सुनवल निर्माणका लागि नगर सधैभ लागि रहेको बताउदै,यस ओैधाेगी व्यापार मेलाले नगरकाे पहिचानमा थप इट थप्ने विश्वास व्यक्त गर्नेभयाे ।

उता कार्यक्रममा बाेल्दै निवर्तमान नगरप्रमुख भिमबहादुर थापाले सुनवलको समग्र विकासका लागि उद्योग र व्यापारलाई अगाडि बढानुपर्ने आवश्यकता रहेकाे धारणा राख्नुभयाे ।

यसैविच मेलाकाे उद्घाटन समारोहलाई सम्बाेधन गर्दै उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले सुनवल क्षेत्रकाे उद्योग,व्यापार ,व्यवसाय र कृषिको प्रवद्वन र विकास गरि समग्र नगरको पहिचानका लागि मेलाको आयोजना गरीएको बताउनुभयाे ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष गुणनिधि तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा, उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष उज्जवल कसजु, लगायतले आ आफ्ना धारणा राख्नुभएको थियो ।

 

आगामी माघ २२ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका घरेलु साना, सम्झौला तथा ठूला उद्योगहरुका अतिरिक्त बिदेशका बस्तुहरु र पहाडी कृषि जन्यका गरी १५० स्टल रहेकाे आयाेजक समितिले जनाएकाे छ ।

मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र  मेलाबाट करिव १० करोड वरावरको कारोबार गर्ने लक्ष्य राखिएको उक्त मेला अवलोकनका लागी जेष्ठ नागरिकलाई निशुल्क  टिकटको व्यवस्था, विद्यार्थिलाई ७० र अन्यलाई १०० रुपैया टिकटको व्यवस्था गरीएको संघका महासचिव एवम् प्रचार प्रसार समिति संयोजक तथा मेला प्रवक्ता तेजु भण्डारीले जानकारी दिनुभयो  ।

मेलालाई प्रर्दशनी तथा बिक्री कक्ष, संस्कृतिक तथा सांगितीक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी मुख्य चार भागमा बिभाजन गरिएको छ ।

मेलामा स्थानिय कलाकार तथा राष्ट्रिय कलाकारहरुको समेत बिजोड प्रस्तुती रहने संघका सदस्य एवं सांस्कृतिक संयोजक रमेश पराजुलीले जानकारी दिनुभयो ।



Ads