कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर१६ तनाेवा स्थित तुरिया खाेलाकाे किनारमा अबैध काठ ट्याक्टरमा लोड गरी लैजादै गरेको अबस्थामा बरामद गरीएकाे छ ।
हिजाे राती अन्दाजी ७ बजे रामग्राम नगरपालिका वडा नम्बर १ सण्डा बस्ने बर्ष ४६ को रामसवक यादव ले वन कार्यालयको स्वीकृत नलिई सिसौको रुख काटी लु २ त २१९३ नं. को ट्याक्टरमा लोड गरी लैजादै गरेको अबस्था बरामद गरीएकाे हाे ।
अस्थायी प्रहरी चाैकी तोनवामा आएकाे खवरका साथ तत्काल प्रहरी सहायक निरीक्षक थमन ठाडाको कमाण्डमा खटिएकाे प्रहरी टाेलीले काठ र ट्याक्टर सहित नियन्त्रणमा लिएकाे थियाे ।
नियन्त्रणमा लिइएको उक्त सिसौको काठ ९५ क्यूफिट जसकाे अंन्दाजी मुल्य रु. ६६ हजार ५ सय बराबरको रहेको प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
डिएसपी पाण्डेका अनुसार यतिबेला ट्याक्टर चालक फरार रहेकाे र बरामद गरीएका काठलाई आवश्यक कार्वाहीको लागि वन कार्यालयमा बुझाएको छ ।
सो विषयमा वन कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले जनाएकाे छ ।