ताजा अपडेटः

तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली गौरीफन्टा नाकामा

तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली गौरीफन्टा नाकामा प्रकाशित मिति: ९ माघ २०७९, सोमबार १९:२०

 

 

प्रदिप न्याैपाने,धनगढी । तालिम प्राप्त दुईओटा कुकुर सहितको प्रहरी टोली गौरीफन्टा नाकामा खटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको नेतृत्वमा साे टाेली तालिम प्राप्त कुकुर सहित सीमानाकामा तैनाथ भएको हो।

कैलाली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालले सीमानाकाबाट हुने लागु औषध र विष्फोटक पदार्थको आयात र निर्यात नियन्त्रण गर्न प्रहरी टोली परिचालित भएको जानकारी दिनुभएकाे छ ।

 

नेपाल प्रहरीको आकस्मिक चेकजाँच गर्ने कार्यअन्तर्गत सीमानाकाबाट हुने लागु औषध तस्करी र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुर सहित नेपाल प्रहरी र ट्राफिक प्रहरी त्रिनगर नाकामा परिचालन भएको छ ।

 

प्रहरीले आकस्मिक रुपमा जुसुकै समयमा तस्करी हुनसक्ने सम्भावित क्षेत्रमा खटिएर सर्च र खोचतलास गर्ने गरेको हाे ।
नियमित तर आकस्मिक रुपमा आज गौरीफन्टा नाकामा तालिमप्राप्त कुकुर सहित नाकाबाट आउने सवारी सधानमा चेकजाँच भयको थियो।



Ads