ताजा अपडेटः

३ लाख मूल्य बराबरकाेअवैध चौपाया (भैसी र पांडा) नियन्त्रणमा

३ लाख मूल्य बराबरकाेअवैध चौपाया (भैसी र पांडा) नियन्त्रणमा प्रकाशित मिति: ९ माघ २०७९, सोमबार १९:१२

कल्पना खरेल,सुनवल ।पश्चिम नवलपरासीको प्रतापुर गाउँपालीका वडा नम्मर-३ गिदहा र वडा नम्बर-४ दरखासेमा अन्दाजी मुल्य रू.३ लाख ६० हजार बराबरकाे अबैध चाैपाया ( भैंसी र पाडा ) नियन्त्रणमा लिएकाे छ ।

आज दिउँसो अन्दाजी ४ बजे भन्सार छली भारतबाट नेपाल तर्फ अबैध रूपमा पैदल डोर्याइ ल्याउदै गरेका रू. १ लाख ६० हजार मुल्य बराबरकाे २ वटा भैसी र रू.२ लाख बराबरकाे ४ वटा पांडा गरी ३ लाख ६० हजार मुल्य बराबरकाे अवैध पशु चौपाया बरामद गरेकाे हाे ।

ईलाका प्रहरी कार्यालय सेमरी र विओपि भुजहवाबाट खटिएको सयुक्त टोलीलाई देखि भैसी र पाडा सोही स्थानमा छाडी मानिस फरार भएको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

डिएसपी पाण्डेका अनुसार नियन्त्रणमा लिईएका साे भैसी र पाडालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भइरहेको छ ।



Ads