ताजा अपडेटः

पश्चिम नवलपरासीमा २ लाख भन्दा बढिकाे खसी ( पशुचाेैपाया) नियन्त्रणमा

पश्चिम नवलपरासीमा २ लाख भन्दा बढिकाे खसी ( पशुचाेैपाया) नियन्त्रणमा प्रकाशित मिति: ९ माघ २०७९, सोमबार ०७:०५

 

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ बण्डामा अाज अन्दाजी २ लाख भन्दाबढिकाे पशुचौपाया खसी नियन्त्रणमा लिइएकाे छ ।

विहान अन्दाजी २ बजे भन्सार छली अबैध रूपमा भारतबाट नेपाल तर्फ पैदल डोर्याउदै ल्याउदै गरेकाे अबस्थामा साे मूल्य बराबरका ११ गोटा खसि नियन्त्रणमा लिईएकाे हाे ।

प्रहरी चौकी भुजहवा बाट प्रहरी नायव निरीक्षक मोहन के सी को कमाण्डमा र BOP भुजहवा नवलपरासीबाट ससस्त्र प्रहरी निरीक्षक हरेराम श्रेष्ठको कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीलाई देखी उक्त खसी सोही स्थानमा छाडी मानिस फरार भएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
साथै डिएसपी पाण्डेले पशु चौपाय अवैधरुपमा कसले ल्याएको हो भन्ने बिषयमा थप अनुसन्धान भैरहेको बताउदै नियन्त्रणमा लिईएका खसीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भइरहेको जानकारी दिनुभयाे ।



Ads