रंजीत शर्मा, नवलपरासी । श्री पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं १ शंकरपुरमा रहेकाे प्राथमिक विद्यालयको अभिभावक भेला हिजाे सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य विश्राम केवटको अध्यक्षता र पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ का वार्ड अध्यक्ष चुलाही प्रसाद यादवको प्रमुख अतिथिकतामा अभिभावक भेला सम्पन्न भएको हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वडा अध्यक्ष यादवले विद्यालयको विकासका लागि शिक्षक-अभिभावक नै सचेत र जागरूक हुनुपर्ने बताउँदै यस विद्यालयको लागि हुनसक्ने सहयोग सदैव गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
अभिभावक भेलाबाट ४ जना सदस्यहरू मदन लाल तेली, मेनका केवट, सुरेन्द्र हरिजन, लालती केवट निर्विरोध चयन हुनुभएकाे छ ।
कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाकाका शिक्षा शाखा प्रमुख प्रमोद यादव,सहायक अशोक ठाकुर,पाल्हिनन्दन गाउँपालिकाका वार्ड न ०१ वडा सदस्य चुलाही यादव,हरपुर माध्यमिक विद्यालय हरपुरका प्रधानध्यापक पुरुषोतम गुप्ता, बाल शिक्षा निकेतन माध्यमिक विद्यालयकाका प्रधानध्यापक सुनिल तिवारी,शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण वहादुर यादव लगायत अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।