ताजा अपडेटः

प्रथम बिगवुद्व खुला नक आउट फुटबल प्रतियोगिता २०७९ भाेलीदेखि सुनवल ६ विसासय भुपु टाेलमा शुरू

प्रथम बिगवुद्व खुला नक आउट फुटबल प्रतियोगिता २०७९ भाेलीदेखि सुनवल ६ विसासय भुपु टाेलमा शुरू प्रकाशित मिति: ८ माघ २०७९, आईतवार १६:५५

 

 

कल्पना खरेल , सुनवल । प्रथम बिगवुद्व खुला नक आउट फुटबल प्रतियोगिता २०७९ भाेलीदेखि सुनवल ६ विसासय भुपु टाेलमा हुने भएकाे छ ।
बिगवुद्व क्लबका अध्यक्ष संजिव लामाले पत्रकार सम्मेलनकाे आयोजना गरि भाेलीदेखि साे खेल हुने जानकारी दिनुभएकाे हाे ।

नवलपरासी,रूपन्देही जिल्ला र आयोजक टिमकाे २ टिम गरी १७ टिमकाे सहभागीता रहेकाे उक्त खुला नकआउट फुटबल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडीहरूकाे पनि सहभागीता रहने छ ।

थारू समुदाय,मगर समुदाय लगायतकाे भेषभुषासहित सास्कृंतिक कार्यक्रम सगँ शुरू हुने उद्घाटन खेल नवनेपाल किसान यूवा क्लब दबिल्ला र चाैरङ्गे यूवा क्लब रूपन्देही बिच प्रतिस्पर्धा हुने आयोजक क्लबले जानकारी दिएकाे छ ।

साढे ६ लाख भन्दा बढि खर्चकाे अनुमान गरीएकाे उक्त खेलमा उत्कृष्ट गाेल किप्पर, उत्कृष्ट खेलाडी ,उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड्फिण्डर र सर्वाधिक गाेलकर्ता गरी ५ विधामा उत्कृष्ट खेलाडीलाई रू ५ हजार सहित मेडल र प्रमाणपत्रले सम्मान गरीने क्लबका अध्यक्ष संजीव लामाले नवलपरासी खवरलाई जानकारी दिनुभएकाे छ ।

भने प्रत्येक खेलकाे अन्त्यमा म्यान अफ द म्याच पनि घाेषित हुनेछन् । साथै अनुशासित टिमलाई पनि पुरस्कृत गरिने छ ।
क्लवले माग ९ अर्थात भाेलीदेखि सुरू हुने खेल माग २६ गते सम्म संचालन हुने बताउदै फुटबल खेलप्रेमि दर्शकलाई खेलकाे अबलोकन गरी सभ्य, भब्य र मर्यादित बनाईदिन आग्रह गरेकाे छ ।

निवर्तमान वडा अध्यक्ष रामप्रसाद लामा अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा निवर्तमान वडा सदस्य ह्याप्पिनाथ कवर, क्लवका काेषाध्यक्ष टेक बहादुर पुन, खेलाडि लगाएत पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे ।

भाेलीदेखि खेल अबधीभर नवलपरासी खवरले प्रत्यक्ष प्रशारण गर्नेछ ।



Ads