ताजा अपडेटः

रेशम सापकोटाको “अन्तिम बोलि

रेशम सापकोटाको “अन्तिम बोलि प्रकाशित मिति: ८ माघ २०७९, आईतवार ११:१४

 

 

प्रदिप न्याैपाने,धनगढी ।  गायक तथा सर्जक रेशम सापकोटाको “अन्तिम बोली” सार्वजनिक भएको छ ।

नेपाली गित संगीतमा निरन्तर लागिरहने हरेक बिधाका गित बजारमा ल्याउन सक्ने गायक तथा सर्जक हुन् रेशम सापकोटा,
पछिल्लो समयमा वैदिक यात्रामा अकालमा ज्यान गुमाउनेको संख्या बढिरहेको छ,यसैबीच केही समय पहिला कम्बोडियाको क्यासिनोमा आगलागी भएर मृत्यु भएका झापाका निराकार पाण्डे लगाएत वैदेशिक भूमिमा ज्यान गुमाएका तमाम व्यक्ति र उनका परिवारकाे भाेगाईलाई लिएर गायक तथा सर्जक सापकोटाले शब्दमा उतारेका छन ।

गायक तथा सर्जक सापकोटाकाे आवाजमा रहेको उक्त गितमा लय शब्द सापकोटा स्वयंले गरेका छन ।

सरोज शाहिले छायांकन गरेको उक्त गितमा रेशम सापकोटाले निर्देशन गरेका छन भने भिडियोमा रेशम सापकोटा, श्रष्टा सापकोटा, संगीता बस्तोला, यमुना आचार्य, रबिना सुबेदि लाई देख्न सक्नुहुनेछ ।
गितलाई जिवन दिएर भाेगाईहरूकाे यथार्थ चित्रण गर्न सफल याे गीत तरेली संगीत कुन्जको अफिसियल युटुब च्यानल बाट बजारमा आएको हाे ।



Ads