ताजा अपडेटः

पश्चिम नवलपरासीबाट भारीमात्रामा अबैध कपडा बरामत

पश्चिम नवलपरासीबाट भारीमात्रामा अबैध कपडा बरामत प्रकाशित मिति: ८ माघ २०७९, आईतवार ०९:३९

 

कल्पना खरेल,सुनवल । आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालीका वडा नम्बर ५ गेर्माबाट अन्दाजी २ लाख भन्दा बढि मूल्य बराबरकाे कपडा बरामत गरीएकाे छ ।

विहान अन्दाजी ७:३० बजे अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ मोटर साईकलमा ल्याउदै गरेकाे अवस्थामा साे मूल्य बराबरकाे २ बोरामा कपडा बरामत गरीएकाे हाे ।

राष्ट्रिय अनुसन्धान कार्यालय परासीबाट प्रहरी सहायक निरीक्षक पशुपतिनाथ चौधरी र प्रहरी चौकी गिर्मीबाट प्रहरी सहायक निरीक्षक खिमानन्द पराजुलीको कमाण्डमा खटिएको संयुक्त टोलीलाई देखी उक्त कपडा सोही स्थानमा छाडी मानिस मोटरसाईकल लिई फरार भएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेयले बताउनुभएकाे छ ।

 

बरामद गरीएका अबैध कपडाहरूमा ३३६ मिटर थान कपडा, साडी १७ पिस , लेडिज सुट ५९ पिस ,लुङगी ४५ पिस , ठुलो मोजा १९५ पिस ,सानो मोजा ६० पिस गरी अन्दाजी रू. २ लाख ७२ हजार २ सय मूल्य बराबर रहेकाे छ ।

साे अबैध कपडाहरूलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भइरहेको डिएसपी पाण्डेयले बताउनुभयाे ।