ताजा अपडेटः

पाल्हिनन्दन बस दुर्घटना अपडेट:घाइतेहरु सबै घर फर्किए

कल्पना खरेल
पाल्हिनन्दन बस दुर्घटना अपडेट:घाइतेहरु सबै घर फर्किए प्रकाशित मिति: ७ माघ २०७९, शनिबार १७:५२

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीकाे  पाल्हीनन्दन गाउँपालीका वडा नम्बर १ झरहीखोला नजिकै  बस दुर्घटनामा घाइते भएकाहरू  उपचार पश्चात् घर फर्केका छन् ।

उपचाररत ४५ जना घाइतेहरू उपचार पश्चात् करिब ५:१० बजे  घर फर्केका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेयले बताउनुभएकाे छ ।

बस चालक भने यतिबेला जिल्ला प्रहरी कार्यालयकाे नियन्त्रणमा रहेकाे छ भने बसलाई घटनास्थलबाट उठाई ईलाका प्रहरी कार्यालय महेशपुर पठाईएकाे डिएसपी पाण्डेयले बताउनुभयाे ।

त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेकाे  UP16FT 7466  नं. को भारतिय बस  अन्दाजी ११:३० बजे को स्टेरिङ फेल भई आफै अनियन्त्रित भई बाटो देखी अन्दाजी १० मिटर तल घोलामा  पल्टिएर दुर्घटना भएकाे थियाे ।




Ads