ताजा अपडेटः

प्रथम स्थान हासिल गर्न सफल खेलाडिलाई नेपाल कराँते महासंघ सुनवलद्धारा सम्मान

प्रथम स्थान हासिल गर्न सफल खेलाडिलाई नेपाल कराँते महासंघ सुनवलद्धारा सम्मान प्रकाशित मिति: ४ माघ २०७९, बुधबार १९:५७

 

सुनवल । रुपन्देहिमा सम्पन्न गौतमबुद्ध खुल्ला कराँते प्रतियोगिता २०२३ मा प्रथम स्थान हासिल गर्न सफल नवलपरासीका खेलाडिहरु र टिम प्रशिक्षकलाई नेपाल कराँते महासंघ सुनवलद्धारा एक कार्यक्रमको आयोजना गरी सम्मान गरीएको छ ।

सितिरियो कराते संघका अध्यक्ष गोपि पुनको अध्यक्षता र सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्रमुख आतित्थ्यतामा खेलाडिहरुलाई सम्मान गरीएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिमला अर्यालले सो प्रतियोगितामा नवलपरासी जिल्लाको प्रतिनिधित्व गर्दै सुनवल नगरपालिकाको कराते खेलाडीले पाएको सफलता खुसि व्यक्त गर्दै सम्पुणर् खेलाडी, प्रशिक्षक र रेफ्रीलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

सो कार्यक्रममा नवलपरासी खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्य, काराते सहांसघ लुम्बिनी प्रदेश उपाध्यक्ष ऋषिराम पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा, वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङ, वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष विर बहादुर गुरुङ, रेशम न्यौपाने, टिम कोच नारायण गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

 

गत पौष २६,२७ र २८ गते रुपन्देहीमा सम्पन्न अन्तराष्ट्रिय कराते प्रतियोगितामा नवलपरासी जिल्लाले २० गोल्डमेडल, ९ सिल्बर र १४ ब्रोन्ज सहित प्रथम हुन सफल भएकाे हो ।

 

प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंका, भुटान सहित नेपालका विभिन्न जिल्लाको सहभागिता रहेको थियो ।



Ads