ताजा अपडेटः

रामग्राम नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई निशुल्क पाैष्टिक आहार सहितकाे झाेला बितरण

रामग्राम नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई निशुल्क पाैष्टिक आहार सहितकाे झाेला बितरण प्रकाशित मिति: ४ माघ २०७९, बुधबार १९:३९

गाैरीशंकर जयसवाल ,परासी । रामग्राम नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई निशुल्क पाैष्टिक आहार सहितकाे झाेला बितरण कार्यक्रम शुरू गरेकाे छ ।

रामग्राम नगरपालिकाकाे वडा नम्बर १६ स्थित सुक्राैली स्वास्थ चाैकीबाट नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई निशुल्क पाैष्टिक आहार सहितकाे झाेला बितरण कार्यक्रम सुरू गरेकाे हाे ।

नगरप्रमुख धनपत यादवले वडा नम्बर १६ मा रहेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई निशुल्क पाैष्टिक आहार सहितकाे झाेला बितरण कार्यक्रम शुभारम्भ गर्नुभएकाे हाे ।

 

ग्रामिण भेगका धेरै महिलाले गर्भवती भएको बेला र सुत्केरी भएपछि पनि प्रर्याप्त पोषण सहितको खानेकुरा खान नपाउदा बच्चा र आमाको स्वास्थ्यमा असर पर्दै आएकाले नगरपालिकाले पौष्टिक तत्वले भरिपुर्ण आहार निशुल्क वितरण गरेको नगर प्रमुख यादवले बताउनुभयाे ।

गर्भवती भएको तिन महिना पुरा भई स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराईरहेका महिला र सुत्केरी भएको ४५ दिन पुरा नभएका आमाहरुलाई पोषिलो खानेकुरा सहितको झोला वितरण गरिएको नगरप्रमुख यादवकाे भनाई छ ।

पाैष्टिक आहारले बच्चाकाे मानसिक बिकास , शारीरिक बिकास र र हड्डिकाे बिकासमा मद्दत पुग्ने तथा याे आहारले बाच्चा र आमालाई कुपाेषित हुनबाट बचाउने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनुभएकाे छ ।

नवलपरासीकाे सातवटा स्थानिय तहहरू मध्ये रामग्राम नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई निशुल्क पाैष्टिक आहार सहितकाे झाेला बितरण कार्यक्रम संचालन गरेकाे जनस्वास्थ्य निरिक्षक हरिजनले बताउनुभएकाे छ ।

उहाँका अनुसार रामग्राम नगरपालिकामा १८ वडा रहेकाेमा जस्मा गर्भवती महिला ६१९ ,र सुत्केरी महिला २७६ गरि कुल ८ सय ९५ जना गर्भवती तथा सुत्केरी महिलाहरू रहेकाे छन् ।



Ads