ताजा अपडेटः

ईलाका प्रहरी कार्यालय बर्दघाटद्धारा जिउदो खसीबोका र झोला नियन्त्रणमा

ईलाका प्रहरी कार्यालय बर्दघाटद्धारा जिउदो खसीबोका र झोला नियन्त्रणमा प्रकाशित मिति: ४ माघ २०७९, बुधबार १५:१०

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालीका वडा नम्बर ४ त्रिबेणी चोकमा अबैध रुपमा ल्याईएका जिउदो खसीबोका र झोलाहरु नियन्त्रणमा लिईएको छ ।

पुर्व पश्चिम राजमार्ग सडकखण्डबाट ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीको गस्ति टोलीले गस्ती गर्दै जाने क्रममा अबैध रुपमा ल्याईएका ६ वटा जिउदो खसीबोका र २० वटा व्याग गरी अन्दाजी १ लाख २० हजार मुल्य बराबरको सामान बरामद गरीएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

बरामद गरीएको जिउदो बाख्रा र झोलाहरुलाई आवश्यक कारवाहिका लागी महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।



Ads