ताजा अपडेटः

ईलाका प्रहरी कार्यालय बर्दघाटद्धारा ट्याक्टर नियन्त्रणमा

ईलाका प्रहरी कार्यालय बर्दघाटद्धारा ट्याक्टर नियन्त्रणमा प्रकाशित मिति: ४ माघ २०७९, बुधबार १४:३७

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासी बर्दघाट नगरपालीका वडा नम्बर ५ खजुरा खोलामा अबैध रुपमा बालुवा चोरी गरी रहेको अवस्थामा वर्दघाट प्रहरीले एउटा ट्याक्टरलाई नियन्त्रण लिएको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले चेकजाचँ गर्ने क्रममा लु ३ त ३६६ नम्बरको ट्याक्टरलाई अबैध रुपमा बालुवा चोरी गरी रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिइएको सो ट्याक्टरलाई आवश्यक कारवाहिका लागी बर्दघाट नगरपालिका पठाईएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।