ताजा अपडेटः

अवैध सामान भन्सार कार्यालय बुझाइयाे

अवैध सामान भन्सार कार्यालय बुझाइयाे प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार १९:५५

 

कल्पना खरेल,सुनवल ।पश्चिम नवलपरासीकाे विभिन्न ठाउँबाट बरामत भएका अवैध सामानलाई भन्सार कार्यालय महेशपुर बुझाईएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहतका बिभिन्न प्रहरी इकाईहरुबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा भन्सार छली ल्याईएका अवैध सामान भन्सार कार्यालय महेशपुर बुझाएकाे हाे ।
बुझाईएका अवैध सामानहरूमा चौपाया, लत्ताकपडा, मोबाईल, खाद्यन्न, सवारी साधन, बच्चाका खेलौना, ट्वाइलेटको कम्बोड सिट, चुरा, छालाको झोला, टि.भि. गरी अन्दाजी रू. ४ लाख ४ हजार ४ सय ४० बराबरको सामान रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी भाेजराज पाण्डेयले बताउनुभएकाे छ ।



Ads