ताजा अपडेटः

दोस्रो सुनवल औद्योगिक ब्यापार मेला सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

दोस्रो सुनवल औद्योगिक ब्यापार मेला सम्बन्धि छलफल कार्यक्रम सम्पन्न प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार १६:११

 

 

कल्पना खरेल,सुनवल ।उद्योग बाणिज्य संघ सुनवल द्वारा वडा नम्बर १ भित्र रहेको विभिन्न संघ सस्थाको उपस्थितिमा दोस्रो सुनवल औद्योगिक ब्यापार मेला सम्बन्धि वडा कार्यलयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग बाणिज्य संघ सुनवलका कार्यकारी सदस्य तुल्सिराम तिवारीको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न छलफल कार्यक्रममा दोस्रो औद्योगिक ब्यापार मेलालाई सब्य र भब्य बनाउनुको निम्ति वडा भित्र रहेको सबै संघ सस्ंथाहरुले आ-आफ्नो ठाउँबाट सहयोगको निम्ति संघले अपिल गरेको थियो ।

 

साथै संघले बिशेष गरी आमा समूह र महिला समुहको मुख्य भुमिका रहने भएकोले आमा समुह र महिला समूहलाई सहयोग गर्नको लागी विशेष आग्रह पनि गरेको थियो ।

 


उक्त छलफल कार्यक्रममा कार्यपालिका सदस्य सीता भन्डारी, सदस्य बाल कुमारी परियार, उद्योग बाणिज्य संघका महा-सचिव तेज प्रसाद भन्डारी लगाएतको उपस्थिति रहेको थियो ।



Ads