ताजा अपडेटः

राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिण कोरियामा सुनवलका मनोज सदस्यमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिण कोरियामा सुनवलका मनोज सदस्यमा निर्वाचित प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार ०७:१८

सुनवल। राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम भेला सम्पन्न भएको छ ।

दक्षिण कोरियाको सउल स्थित दोङ्म्योआफ् गेट नं ५ “नमस्ते रेष्टुरेन्टमा” जुम भर्चुअल मार्फत आयोजित तदर्थ समिति निर्माण तथा भेला कार्यक्र सम्पन्न भएकाे हाे ।

सो जुम भर्चुअल मार्फत गरिएको कार्यक्रममा जि.पि. तिमल्सिना को अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसको उप-सभापतिमा राजन श्रेष्ठ,महामन्त्रीमा अवधेष राज चौरासिया, सहमहामन्त्री अर्जुन जागरी,कोषाध्यक्ष डा.लोक आचार्य, सह कोषाध्यक्ष लक्ष्मण पौडेल, रहनु भएको छ भने सदस्यहरुमा मनोज चापागाई,कमल बिश्वकर्मा,सुस्मिता खड्का युविन श्रेष्ठ,संजोग राई चयन हुनु भएको छ ।

मनाेज चापागाईंकाे संचालन रहेकाे कार्यक्रममा पार्टी सभापति एवंम उप-प्रधान तथा गृह मन्त्री रबि लामीछाने तथा पार्टी उप-सभापति प्रवास नेपाली सम्पर्क विभाग (विदेश विभाग) प्रमुख डि.पि. अर्याल, कोरिया स्थित बिभिन्न राजनिति, सामाजिक संस्थाका अतिथी प्रतिनिधीहरूको उपस्थिति रहेको थियो।



Ads