सुनवल । पाेखरामा भएकाे बिमान दुर्घटनामा मृत्यु भएकाहरूकाे सम्झनामा लियो क्लब अफ रामनगरले आज दिप प्रज्वलन गरेकाे छ ।
आइतबार काठमाडौं बाट पोखरा उडेको यति एअरलाइन्सको `९एन- एएनसि´ विमान दुर्घटनामा मृत्यु भएका स्वदेश तथा विदेशी नागरिकहरुकाे मृतआत्माको चिरशान्ति को लागि सुनवल-१२ भुमही चोकमा १ मिनेट माैन धारण गरी दिप प्रज्वलन गरीएकाे हाे ।
कार्यक्रममा बाेल्दै क्लबका अध्यक्ष रूपेश गाैतमले मृतक आत्माप्रति चिर शान्तिकाे कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे थियाे ।
साे कार्यक्रममा क्लबका सम्पुर्ण सदस्यहरू, स्थानिय बुद्धिजीवीहरुको उपस्थिति रहेको क्लबका सचिव एस के प्रजापतीले बताउनुभयाे ।
बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको जहाज अवतरण गराउने क्रममा आइतबार सेती खोचमा दुर्घटना भएको थियो ।
जहाजमा ६८ जना यात्रु सहित चार जना चालक दलका सदस्य गरी ७२ जना रहेका थिए ।