ताजा अपडेटः

भुमही परासी सडक खण्डमा बस र कार एक आपसमा ठोकीदा १ को मृत्यु ५ घाईते

भुमही परासी सडक खण्डमा बस र कार एक आपसमा ठोकीदा १ को मृत्यु ५ घाईते प्रकाशित मिति: २ माघ २०७९, सोमबार १५:३७

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालीका वडा नम्बर १२ भुमही परासी भित्रि सडक खण्डमा आज दिउँसो १ः३५ बजे बस र कार एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको बाग्मती प्रदेश ०१-०२५ च ३८९७ नम्बरको कार एक आपसमा ठोकिदा कारमा सवार १ जनाको मृत्युभएको हो भने अन्य ५ जना घाईते भएका हुन् ।

दुर्घटनाको खवर प्राप्त हुनासाथ तत्काल अस्थायी प्रहरी बिट भुमहीबाट प्रहरी सहायक निरिक्षक ईन्द्रजित अहिर यादवको टोली, ईलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी निरिक्षक विष्णु प्रसाद पौडेलको टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेयको कमाण्डमा ट्राफिक सहित २३ जनाको टोली खटिई कारमा सवार घाईतेहरुको उद्धार गरी उपचारका लागी हस्पताल पुस्याईएको थियो ।

घाईतेमध्ये कार चालक अर्घाखाँची स्थाई घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालीका वडा नम्बर ८ मधुवन बस्ने अन्दाजी ३५ बर्षको ईन्द्रमणी पौडेलको उपचारका लागी जिल्ला अस्पताल परासी ल्याईएकोमा १ः५५ बजे अस्पतालले मृत घोषित गरेको थियो ।
अहिले शवलाई सोहि अस्पताल राखिएको प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेयले बताउनुभएको छ ।

कारमा सवार अन्य घाईतेमा कपिलवस्तु वाणगंगा नगरपालीका वडा नम्बर ८ मधुवनका अन्दाजी ३१ बर्षका पुणर् बहादुर राना, सोहि ठाउँका २८ बर्ष मनोज कुमार परियार, नवलपरासी पूर्वका बुलिङटार गाउँ पालीकाका अन्दाजी २७ बर्षिय गंगा गोदामी, कावासोती नगरपालीका देउरालीका अन्दाजी १८ बर्षका डल बहादुर बराल र अर्घाखाँची सितगंगा नगरपालीका वडा नम्बर ६ वतन स्थाई घर भई हाल रुपन्देही सालझण्डी बस्ने अन्दाजी ३७ बर्षका खेम बहादुर रेश्मी मगर रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको उनिहरुको शरीरको बिभिन्न भाग र टाउँकोमा चोट लागेको र अवस्था मध्यम रहेको डिएसपी पाण्डेयले बताउनुभयो ।

अहिले दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने बस चालक फरार रहेकोले खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।



Ads