ताजा अपडेटः

१३ लाख भन्दा बढी अबैध खसीबोका र बाख्रा बरामद

१३ लाख भन्दा बढी अबैध खसीबोका र बाख्रा बरामद प्रकाशित मिति: २ माघ २०७९, सोमबार १०:५३

 

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ TCN चोकबाट आज १३ लाख भन्दा बढी मूल्य बराबरकाे अबैध खसीबाेका र बाख्रा बरामद गरीएकाे छ ।

विहान अन्दाजी ६ बजे ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.स.नि. लक्ष्मण रास्कोटीको कमाण्डमा खटिगएको प्रहरी टोलीले साे अवैध खसीबाेका र बाख्रा बरामद गरेकाे हाे ।

पुर्व-पश्विम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको रा १ ख २९१६ नं. को ट्रकमा कुनै पनि कागजपत्र नभएका ९० गोटा जिउदो बाख्रा (प्रति गोटा रु. १५,०००/- को दरले) अं. मुल्य रु. १३ लाख ५० हजार बराबरको अवैध खसीबोका तथा बाख्रा नियन्त्रणमा लिएकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेयले जानकारी दिनुभएकाे छ ।

नियन्त्रणमा लिइएको अवैध खसीबाेका र बाख्रलालाई अहिले १० बजे आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएकाे डिएसपी पाण्डेले बताउनुभयाे ।



Ads