ताजा अपडेटः

चोरीको मोटरसाईकल सहित मानिस नियन्त्रणमा

चोरीको मोटरसाईकल सहित मानिस नियन्त्रणमा प्रकाशित मिति: १ माघ २०७९, आईतवार २०:२६

 

कल्पना खरेल,सुनवल । पश्चिम  नवलपरासी रामग्राम नगरपालिका १० मंझरिया चोकबाट आज विहान साढे ५ बजे चाेरीकाे माेटरसाईकल सहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएकाे छ ।

रामग्राम नगरपालिका ६ पोखरापाल्ही बस्ने बर्ष २७ को रबि हरिजनले पुर्व बाट पश्चिम तर्फ चलाउदै ल्याएकाे लु १४ प ४९०६ नं. को हाेण्डा साइन कालो रातो कलरको मोटरसाइकल पिकेट डिउटीमा खटिएका प्रहरी सहायक हवल्दार सुनिल कोहारको टोलीले चेक जाँच गर्दा संकास्पद लागी मोटरसाइकल चालक सहित मोटरसाइकल नियन्त्रणमा लिएकाे थियाे ।

साे माेटरसाइकल रुपन्देही देवदह न.पा. १ राजवारी बस्ने मोहन कुमार यादवको घरमा पार्कीङ गरेको अवस्थामा चोरी भएको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी भाेजराज पाण्डेयले बताउनुभएकाे छ ।

अहिले माेटरसाईकल र मोटरसाइकल चोरी कार्यमा संलग्न ब्यक्तिलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बुटवल रुपन्देही पठाइएको डिएसपी पाण्डेले बताउनुभयाे ।



Ads