ताजा अपडेटः

विमान दुर्घटनामा ज्यान गुमाउनेकाे शव सनाखत गर्न सुरू

विमान दुर्घटनामा ज्यान गुमाउनेकाे शव सनाखत गर्न सुरू प्रकाशित मिति: १ माघ २०७९, आईतवार १७:००

पोखरा।पोखरामा आज यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव सनाखत गर्न सुरु गरिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेजमा शवहरुको सनाखत गर्न थालिएको हो ।
विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीका अनुसार अहिलेसम्म विमान दुर्घटनामा ६८ जनाकाेशव फेला परेकाे छ । दुर्घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी, पाेखरा महानगर प्रहरी सहितका उद्वारकर्ताले अहिले पनि खाेज तथा उद्वारकार्यलाई जारी राखेका छन् ।



Ads