ताजा अपडेटः

यति एयरलाइन्सकाे जहाज दुर्घटनामा अहिलेसम्म २५ जना भन्दा बढिकाे मृत्यु

यति एयरलाइन्सकाे जहाज दुर्घटनामा अहिलेसम्म २५ जना भन्दा बढिकाे मृत्यु प्रकाशित मिति: १ माघ २०७९, आईतवार १२:०१

पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना भएकाे छ। काठमाडौंबाट विहान १०:५ मा उढेकाे यति एयरको एटिआर जहाज केही समयपछि १०:५० मा सेतीकाे खाेचमा दुर्घटनामा परेकाे हाे ।

चालक दलका ४ सदस्य र अन्य ६८ जना गरि ७२ जना सवार विमानस्थल दुर्घटनाग्रस्त हुदा २५ जना भन्दा बढिकाे शव निकालिएकाे छ भने २ जना घाईतेकाे अस्पतालमा भर्ना गरीएकाे छ ।

ससस्त्र प्रहरी परीचालन गरी शब निकालीएकाे र शब पूर्ण रूपमा जलेकाे हुदा चिनिने अबस्था नरहेकाे प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिनुभएकाे छ ।

यतिबेला आगो नियन्त्रण गर्न दमकल परिचालन गरीएपनि आगो नियन्त्रणमा आउन सकेकाे छैन । सेतिकाे खाेचमा दुर्घटना भएकाे हुदा उद्वार गर्न केही कठिन भएकाे र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे छ।



Ads