ताजा अपडेटः

देवदह नगर अस्पतालमा एन्टी रेबिज भ्याक्सिन सेवा सुभारम्भ

देवदह नगर अस्पतालमा एन्टी रेबिज भ्याक्सिन सेवा सुभारम्भ प्रकाशित मिति: २९ पुष २०७९, शुक्रबार १५:५८

 

सागर पाैडेल,सुनवल ।देवदह नगर अस्पतालमा एन्टी रेबिज भ्याक्सिन सेवा सुभारम्भ भएदेखि रेबिजको भ्याक्सिन लगाउन बुटवल जानु पर्ने बाध्यता हटेको छ । एन्टी रेबिज भ्याक्सिन सेवा रुपन्देही जिल्लामा पहिलो पटक नगरस्तरमा सेवा प्रारम्भ भएको हो ।

एन्टी रेविज भ्याक्सिन सेवा एक कार्यक्रमका बीच देवदह नगरपालिकाका नगर प्रमुख धुर्व प्रसाद खरेल र उप-प्रमुख विद्यालक्ष्मी गुरुङले संयुक्त रुपमा शुभारम्भ गर्नुभएकाे थियाे ।

एन्टी रेबिज भ्याक्सिन सेवा सुभारम्भ गर्दै नगर प्रमुख खरेलले रेबिज रोगकाे खतरा रहेकोले एन्टी रेबिज भ्याक्सिन सेवा देवदह नगरपालिकाले नगर अस्पतालमा ल्याउन सफल भएको बताउनुभयाे । उहाँले यस सेवाले स्थानीयबासी देखि छिमेकि जिल्लाहरू नवलपरासीको सुनवल र पाल्पाको गोठादीका नागरिकलाई समेत सहज हुने उल्लेख गर्नुभयाे ।

नगर प्रमुख खरेलले देवदहमा नगर अस्पताल सञ्चालनसँगै आमनागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको दाबी समेत गर्नुभयाे । साथै उहाँले देवदह नगर अस्पतालमा तत्काल स्वास्थ्य बिमा कार्यक्रम लागु गर्नको लागि नगरपालिका लागिपरेकाे समेत जानकारी गराउनुभएकाे थियाे ।

साेहि कार्यक्रममा बाेल्दै नगर अस्पतालका डा. राेशन चाैधरीले रेबिज र अन्य रोग फरक रहेकोले रेबिज रोगको बारेमा आम नागरिकलाई सचेत गराउन आवश्यक रहेको बताउदै जनावरले टोकेकाहरुलाई एन्टी रेविज भ्याक्सिन लगाउन आग्रह गर्नुभयाे ।

नगरप्रमुख खरेलले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा रोखर नगरपालिकाले नगर अस्पताल सञ्चालन गरेको बताएका थिए ।
सोही क्रममा बोल्दै उपप्रमुख गुरुङले एन्टी रेबिज भ्याक्सिन सेवा सुभारम्भ भएसँगै भुस्याहा कुकुर र जंगली जनावरले टोकेमा स्वास्थ्य सेवा लिन सहज हुने बताउनुभयाे । उहाँले देवदह नगरपालिकाले भुस्याहा कुकुरको बन्ध्याकरण अभियान सम्पन्न गरिसकेको बताउदै एन्टी रोगबारे सचेत गराउन आवश्यक रहेको जिकिर गर्नुभयाे ।

नगर प्रमुख खरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका डा. प्रकाश भट्टराई र लितक भूषालले रेविज भनेकाे के हाे ? याे कसरी लाग्छ ? र रेविजबाट वचन के गर्नुपर्छ भनेर जानकारी दिनुभएकाे थियाे ।
देवदह स्वास्थ्य चौकीका प्रमुख दिलेश्वर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएकाे कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयमसेवीका,पत्रकार लगाएतकाे उपस्थिति रहेकाे थियाे ।



Ads