ताजा अपडेटः

पश्चिम नवलपरासीको रामग्राम नगरपालीका १६ नौडिहवाबाट बैखी माछा बरामद

पश्चिम नवलपरासीको रामग्राम नगरपालीका १६ नौडिहवाबाट बैखी माछा बरामद प्रकाशित मिति: २८ पुष २०७९, बिहीबार १८:४९

प्रदिप न्यौपाने, सुनवल।आज पश्चिम नवलपरासीको रामग्राम नगरपालीका वडा नम्बर १६ नौडिहवाबाट करिब ३२ हजार बराबरको बैखी माछा बरामद गरीएको छ ।
प्रहरी साहायक निरिक्षक थमन बहादुर ठाडाको कमाण्डमा खटिएको गस्ति टोलीले अन्दाजी १ सय ६० केजी जसको अन्दाजी मुल्य ३२ हजार बराबरको सो माछा बरामद गरेको हो ।
दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मोटरसाईकलले प्रहरीलाई देखि माछा सोही स्थानमा छाडेर मोटरसाईकल लिई मानिस फरार भएकोले उक्त माछा बरामत गरिएको प्रहरी नायव उपरिक्षक एवम सुचना अधिकारी भोजराज पाण्डेले बताउनभुएको छ ।
बरामद गरीएको माछालाई क्वारेन्टाईन कार्यालय सगँ समन्वय गरी जिल्ला प्रहरी कार्यालयको कम्पाउण्ड भित्र पशु क्वारेन्टाईनको रोहवरमा खाडल खनी नष्ट गरीएको उहाँले बताउनुभयो ।