ताजा अपडेटः

सुनवल माध्यमिक विद्यालय बनाहाको अभिभावक भेला तथा ब्यबस्थापन समिति चयन

सुनवल माध्यमिक विद्यालय बनाहाको अभिभावक भेला तथा ब्यबस्थापन समिति चयन प्रकाशित मिति: २८ पुष २०७९, बिहीबार १८:३८

सुनवल।सुनवल माध्यमिक विद्यालय बनाहाको अभिभावक भेला तथा ब्यबस्थापन समिति चयन कार्यक्रम आज सुनवल १ बनाहामा सम्पन्न भएको छ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुबिन्द्र कवर योगिको अध्यक्षता ,सुनवल नगरपालिकाको नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता तथा वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख विमला अर्यालले विद्यालयमा पठनपाठन गर्ने विद्यार्थिको संख्यामा वृद्धि गर्नुपर्ने साथसाथै शिक्षकहरुले गुणस्तर शिक्षामा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

नगरप्रमुख अर्यालले अहिलेको शिक्षा नियमावली अनुसार १२ कक्षा सम्मको पढाईलाई माध्यमिक तहहुने भएकोले कक्षा पुरा गर्नुपर्ने आवश्यकता देखिएकोले आउदो शैक्षिक सत्रमा कक्षा थप गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष मन बहादुर थापा, कार्यपालिका सदस्य सीता भण्डारी, शिक्षा शाखा अधिकृत पसुपति भट्टराई, वडा सदस्य पर्शुराम कवर, निबर्तमान वडा अध्यक्ष बिन प्रसाद बुढाथोकी, संचालक समितिका सस्ंथापक सदस्य शिब प्रसाद शर्मा लगाएतले मन्तव्य दिनु भएको थियो ।

सोही कार्यक्रममा १ सय ७५ जना विद्यार्थिलाई न्यानोको लागि सुईटर बितरण गरिएको थियो भने विद्यालयलाई आर्थिक सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको वडा अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ ।
विद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानध्यापक बिनोद खनालले आगामी शैक्षिक सत्रमा गर्नुपर्ने कार्ययोजना र आम्दानी खर्चको विवरण प्रस्तुत गर्नु भएको थियो । अभिभावक संघका अध्यक्ष शिब बहादुर बि कको स्वागत र शिक्षक चित्र बहादुर गुरुङको संचालनमा सम्पन्न भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष मन बहादुर थापा, कार्यपालिका सदस्य सीता भण्डारी, शिक्षा शाखा अधिकृत पसुपति भट्टराई, वडा सदस्य पर्शुराम कवर, निबर्तमान वडा अध्यक्ष बिन प्रसाद बुढाथोकी, संचालक समितिका सस्थापक सदस्य शिब प्रसाद शर्मा लगाएतले मन्तव्य दिनु भएको थियो !



Ads